श्री विजय माध्यमिक विद्यालय

यस विद्यालयको स्थापना विक्रम सम्वत २०२९ साल माघ १८ गते साविक परासन गाविस अन्तर्गत विजयपुर र हालको पुनर्वास नगरपालिका वडा नम्बर ५ दोदा नदी पारी धनगढी हुलाकी राजमार्ग नजिक यो विद्यालयको स्थापना भएको थियो ।२०३१ ३२ सालतिर दोँदा नदीमा आएको बाढीले उक्त बस्ती नै सार्नुपर्दा साबिक बाइसी बीचमा गाविस वडा नम्बर ५ स्थित विकास बस्तीमा उक्त विद्यालय आवासीय कम्पनी अन्तर्गत सारेको देखिन्छ। विजय प्राथमिक विद्यालयको नामबाट सञ्चालित यो विद्यालय हाल माध्यमिक विद्यालय तह १२ सम्म पठनपाठन हुँदै आएको छ। हाल यस विद्यालयमा २५ जना शिक्षक स्टाफ र कर्मचारीहरू रहेका छन् भने शैक्षिक सत्र २०८१ सालमा ५८३ जना जति छात्र छात्राहरु रहेका छन्। विद्यालय वरपर पाँच बिघा १३ कठ्ठा जति पुर्जा भएको जमिन रहेको छ। हाम्रो यस विद्यालयको सर्बाङर्णाण विकास र शैक्षिक उपलब्धि हासिल गर्न सम्पूर्ण सरोकार वालाहरुले म विद्यालयको प्राध्यानाध्यापक भवानी दत्त अवस्तीलाई सहयोग गरी हौसला बढाउनु हुन अनुरोध गर्दछु ।
भवानी दत्त अवस्ती
श्री विजय माध्यमिक विद्यालय
पुनर्वास नगरपालिका वार्ड नं १० कञ्चनपुर।

सहायताको लागि हामीलाई कल गर्नुहोस्

९८२४६३१०३४

श्री विजय माध्यमिक विद्यालय
श्री विजय माध्यमिक विद्यालय
श्री विजय माध्यमिक विद्यालय

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।